बन्द भएका नर्सिङ्ग कलेजमा भर्ना लिन दिएको निर्देशनमा तोसिमा कार्कीको फरक मत
काठमाडौँ । रोकिएको नर्सिङ्ग तर्फको विद्यार्थी भर्ना लिन संसद्को शिक्षा समितिले दिएको निर्देशनप्रति सांसद डा.तोसिमा कार्कीले फरक मत राखेकी छिन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीसमक्ष उनले पाँचबुँदे फरक मत राखेकी हुन् ।
शिक्षा समितिले बन्द भएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना लिन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले फरक मत दर्ता गराएकी हुन् । सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबिच पीसीएल नर्सिङको सम्बन्धन, नियमन, मापदण्ड लगायतका विषयमा विवाद आएपछि अध्ययन गर्न सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा उपसमिति गठन गरिएको थियो । जसमा उनी पनि सदस्य थिइन् ।
उपसमितिबाट प्रतिवेदन तयार हुने क्रममा चिकित्सा शिक्षा ऐनको मर्म विपरीत र नर्सिङको गुणस्तरको मापदण्डलाई खलल हुने किसिमका सुझावहरू राखिएको दाबी छ । त्यही आधारमा आफूले फरक मत राखेर सहमतिको हस्ताक्षर गर्न नमानेपछि संसदीय समितिका सभापतिले छलफलबाट टुङ्गो लगाउन आह्वान दिएका थिए । तर पछि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि भनी शिक्षा मन्त्रालयलाई निर्देशन पठाइएकोमा आफ्नो असहमति रहेको उनको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : प्रवासको भोटिङ नसकिँदा रास्वपाको चुनावी नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
अब अनलाइनबाटै मेडिकल काउन्सिलमा उजुरी दिन सकिने
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
-
नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण