अपडेट
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
बिहीबार, ११ असार २०८३, १६ : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
- कुल ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जना प्रतिनिधिले मतदान गरेका हुन् ।
- प्रवासमा रहेका १६३ प्रतिनिधिले एपबाट मतदान गरिरहेकोले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
आज सम्पन्न भएको निर्वाचनमा कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। प्रवासमा रहेका १६३ प्रतिनिधिले एपबाट मतदान गरिरहेकोले नतिजामा ढिलाइ भएको छ।
प्रवासको नतिजा मतदान सकिने बित्तिकै नजिता सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
दिउँसो ३ बजेसम्म मतदानको काम सकिएकाले अहिले रुजुको काम भइरहेको निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।
यता साढे १२ बजे विद्युतीय भोटिङबाट सकिएको मतदानकाे सबै तथ्याङ्क संकलन भइसकेको प्राविधिक पक्षले जनाएको छ।
निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण