अब अनलाइनबाटै मेडिकल काउन्सिलमा उजुरी दिन सकिने
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले हेलो एनएमसी पोर्टल सञ्चालनमा ल्याएको छ। काउन्सिलले बिहीबारदेखि डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको काउन्सिलका निमित्त रजिष्ट्रार डा.दिपेन्द्र पाण्डेले जानकारी दिए।
नयाँ व्यवस्था अनुसार अब आम सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सकहरूले काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित नभई काउन्सिलका कामकाज, प्रशासनिक सेवा वा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू सिधै अनलाइनमार्फत दर्ता गराउन सक्नेछन्।
दर्तावाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामार्फत र सर्वसाधारणले काउन्सिलको वेबसाइटमा गएर वा क्यूआर कोड स्क्यान गरी डिजिटल फारम भरी यस सेवाको उपभोग गर्न सक्ने काउन्सिलले जनाएको छ।
पोर्टलमा प्रयोगकर्ताहरूको गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आफ्नो पहिचान खुलाएर वा पहिचान लुकाएर उजुरी वा सुझाव दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको काउन्सिलले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण