जर्मन महिलाको शव पोष्टमार्टमका लागि टिचिङ पठाइँदै
काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको शव प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाउने भएको छ । जर्मन नागरिक एडि इल एचइडीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले कुनैपनि संकेत नगरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनास्थलमा पुगेको फरेन्सिक विज्ञले पनि टाउकोमा देखिएको चोट ‘लडेर हुनसक्ने’ राय दिएका छन् । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गरिने एसएसपी खनालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउँछौं ।’
राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रोत तलामा मृत भेटिएकी जर्मन नागरिक मिर्गौलाको बिरामी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण