शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घोकन्ते शिक्षाले बेरोजगारी बढायो : शेखर कोइराला

सोमबार, १५ माघ २०८०, १७ : ३३
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् । केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए ।

‘अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उद्यमशील बनाउन सक्दैन तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन’ कोइरालाले भने ।

अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा वैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय आर्जन गर्न सक्ने उनको भनाई थियो ।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप