सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सहिद दिवसका अवसरमा लैनचौरमा स्मृति सभा (तस्बिरहरू)
सहिदकाे सम्मान

सहिद दिवसका अवसरमा लैनचौरमा स्मृति सभा (तस्बिरहरू)

मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरले सहिद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा आज अन्य स्थानमा पनि विभिन्न कार्यक्रमका साथ  शहीद दिवस मनाइँदै छ । 

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभरी सहिद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने कार्यक्रम जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया