मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

प्रमोदको ‘मनमा पर्‍यो चोट’ रोमान्टिक उषा

बुधबार, १७ माघ २०८०, ०७ : २४
बुधबार, १७ माघ २०८०

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

गीतको भिडियोमा भने स्वार्थ केन्द्रित प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाडलाई देखाइएको छ । भिडियोका निर्देशक गौरव गिरी हुन् ।

भिडियोमा एलपी शर्मा र उषा उप्रेती प्रेम जोडीको रूपमा देखिएका छन् भने दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय छ ।

गौरव गिरी र एलपी शर्माको शब्द, रोहित देउवाको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ । वसन्त कुँवरले छायाङ्कन रहेको भिडियो कालिन्चोक आसपासका रमणीय स्थानमा छायाङ्कन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप