प्रमोदको ‘मनमा पर्यो चोट’ रोमान्टिक उषा
बुधबार, १७ माघ २०८०, ०७ : २४
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।
गीतको भिडियोमा भने स्वार्थ केन्द्रित प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाडलाई देखाइएको छ । भिडियोका निर्देशक गौरव गिरी हुन् ।
भिडियोमा एलपी शर्मा र उषा उप्रेती प्रेम जोडीको रूपमा देखिएका छन् भने दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय छ ।
गौरव गिरी र एलपी शर्माको शब्द, रोहित देउवाको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ । वसन्त कुँवरले छायाङ्कन रहेको भिडियो कालिन्चोक आसपासका रमणीय स्थानमा छायाङ्कन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण