सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छालाका विभिन्न समस्याहरू र उपचारका लागि अल्ट्राभाइलेट लाइट थेरापी

बुधबार, १७ माघ २०८०, ०९ : २२
बुधबार, १७ माघ २०८०

विराटनगर । मानिसको स्वास्थ्यसँगै सौन्दर्य पनि त्यत्तिकै महत्त्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरू देख्ने गर्दछौँ । उपचारको लागि भौँतारिनेहरू पनि हुन्छन् । सही परामर्श र उपचार नपाएर छालाको समस्यालाई कम गर्नुको सट्टामा थप समस्या थपिने जोखिम रहेको हुन्छ । 

  • सेतो दुवी

Seto Dubi - Vitiligo

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनिष प्रधानका अनुसार छालामा हुने मेलानिनको कमीले गर्दा छालाको रङ्ग, रौँको रङ्गमा फिक्का पन आउने गर्दछ जसलाई सेतो दुवी भनिन्छ । छालामा मेलानिन उत्पादन गर्ने कोशिकाहरू मरेको खण्डमा वा उत्पादनमा कमी भएको अवस्थामा मेलानिन कम हुन जान्छ र सेतो दुवी देखा पर्दछ । यसको आकार बिस्तारै बढ्दै जान सक्छ । छालाको रङ्गमा हुने परिवर्तनले गर्दा मानसिक तनाव हुने गर्दछ । उनका अनुसार यो समस्या मानिसको जीवनलाई नै जोखिममा पार्ने प्रकारको समस्या भने होइन तर यसले मानिसलाई मानसिक तनावमा पार्ने गर्दछ ।

  • एक्जिमा

Ezima

छालाका अन्य समस्याको बारेमा कुरा गर्दै डा. प्रधानले भने मानिसलाई दुःख दिने अर्को समस्या भनेको एक्जिमा पनि हो । छाला सुख्खा भई फुस्रो हुने, चिलाउने र सुख्खा पन बढेमा चिलचिलाउने क्रममा पनि वृद्धि भई कनाउँदा कनाउँदा रगत आउने सम्मको समस्या हुन सक्दछ । एक्जिमा धेरै प्रकारको हुने र विभिन्न कारणहरूले हुन सक्दछ । यो वंशाणुगत पनि हुन सक्दछ । कसैमा रोग प्रतिरोधात्मक क्षमता अत्यधिक हुँदा पनि यो समस्या देखा पर्न सक्छ भने वातावरणको कारणले गर्दा पनि हुन सक्छ ।

  • सिरोयासिस

psoriasis

डा. प्रधानका अनुसार सिरोयासिस छालाको एउटा त्यस्तो समस्या हो जुन मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित छ । रोग प्रतिरोधात्मक क्षमता बढी सक्रिय भएको कारण कोषिकाको वृद्धि सामान्य भन्दा छिटो हुन्छ र यो समस्या भएको मानिसको छालाको रङ्ग रातो वा सेतो हुन्छ, सुन्निएको हुन्छ । यो हात, कुहिना, खुट्टा, ढाड, खोपडीमा देखा पर्दछ र अन्य भागमा समेत हुन सक्छ । सिरोयासिस दीर्घकालीन समस्या हो र केही समय देखा परेर हराउने गर्दछ र केही समय पछि फेरी आउने गर्दछ ।

  • लाइकन प्लानेस

lichen-planus

छालामा दाग आउने, चिलाउने र यो समस्या देखिएको छालाको भाग रातो वा बैगुनी रङ्गको हुने समस्यालाई लाइकन प्लानेस भनिने र यो समस्या लामो समय सम्म हुने डा. प्रधान बताउँछन् । यो कुनै औषधीको प्रतिक्रियाले वा सङ्क्रमणले हुन सक्दछ । मानिसको रोग प्रतिरोधात्मक क्षमताको अस्वाभाविकपनाले पनि यो हुन सक्दछ । यो एक वर्ष भन्दा बढी समय सम्म रहन सक्ने र आफै हराए पनि फेरी बल्झिने हुन्छ ।

  • छालाको समस्याको अल्ट्राभाइलेट प्रकाशबाट उपचार

uv

डा. प्रधानका अनुसार सेतो दुवी, एक्जिमा, सिरियोसिस, लाइकन प्लानेस जस्ता छालाको समस्याको लागि अल्ट्राभाइलेट प्रकाशबाट उपचार गर्नु धेरै प्रभावकारी हुन्छ । हुन त अल्ट्राभाइलेट रे भन्दा मानिसहरूमा यो हानिकारक हुन्छ भन्ने लाग्दछ तर यो पद्धतिमा प्रकाशमा भएको हानिकारक रे लाई हटाई फाइदाजनक र सुरक्षित रे को प्रयोग गरी छालाको समस्या भएका मानिसलाई सेक्ने गरिन्छ । अल्ट्राभाइलेट प्रकाश युक्त सानो कोठा जस्तो क्याविनेटमा मानिसलाई फोटोथेरापी दिने गरिन्छ । यो प्रविधिबाट उपचार गराउने बिरामीलाई हप्ताको दुई दिन थेरापी दिने गरिन्छ ।

manish-pradhan

सुरुमा दुई मिनट थेरापी दिइने र त्यसको प्रभाव बढ्दै गई छालाको समस्यामा कमी आउन थाले पछि क्रमशः थेरापीको समय कम गर्दै जाने उनको भनाई छ । नोबेलमा उपलब्ध यो प्रविधिले गर्दा छालाका समस्या भएका बिरामीहरूको उपचारमा सहज भएको छ ।

बिरामी दर्तामा शुल्क नलाग्ने, छाला रोग विशेषज्ञबाटै निःशुल्क जाँच र परामर्श हुने, त्यस्तै  अल्ट्राभाइलेट प्रविधिको शुल्क पनि सस्तो भएकोले बिरामीहरूलाई उपचारमा धेरै सहुलियत पुग्ने गरेको नोबेल शिक्षण अस्पतालका महाप्रबन्धक दीपेश राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप