आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने

सोमबार, २४ वैशाख २०८१, १७ : ४०
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । मेडिकल शिक्षाका लागि दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गर्न लागेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ को बैठकले कार्यदल गठन गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिका कारण राज्य कोषमा ठुलो व्ययभार परिरहेको भन्दै मन्त्रालयले यसबारे अध्ययन गर्न कार्यदल गठन गर्ने बताएको हो । त्यसका लागि सरकारलाई सुझाव दिन कार्यदल गठन गरिने र उक्त कार्यदल प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समितिले गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप