मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने
सोमबार, २४ वैशाख २०८१, १७ : ४०
काठमाडौँ । मेडिकल शिक्षाका लागि दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गर्न लागेको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ को बैठकले कार्यदल गठन गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिका कारण राज्य कोषमा ठुलो व्ययभार परिरहेको भन्दै मन्त्रालयले यसबारे अध्ययन गर्न कार्यदल गठन गर्ने बताएको हो । त्यसका लागि सरकारलाई सुझाव दिन कार्यदल गठन गरिने र उक्त कार्यदल प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समितिले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण