मुख्यमन्त्री कार्कीलाई एमालेको पत्र– अध्यादेश फिर्ता लिनू
विराटनगर । कोशी प्रदेश सरकारले गत माघ ६ गते जारी गरेको अध्यादेश फिर्ता लिन भन्दै नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई पत्राचार गरेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री कार्कीलाई ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका हुन् । अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको थियो ।
अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको नेतृत्वबाट जिल्ला समन्वय समितिका प्रमुखलाई हटाउनेसहितका व्यवस्था गरिएको छ ।
एमालेले अध्यादेश फिर्ता लिएर कानुन निर्माणका लागि संसद्को अधिवेशन बोलाउन माग गरेको छ । पत्रमा एमाले नेता कार्कीले सुविधा थप गर्ने अध्यादेश सान्दर्भिक र उपर्युक्त नभएको जिकिर गरेका छन् । अध्यादेशले जनप्रतिनिधिको भूमिकालाई निस्तेज गरेको र स्वेच्छाचारी ढंगले नियुक्तिको प्रयास गरेको भन्दै एमालेले सरकारको यो काम लोकतान्त्रिक पद्धति अनुकूल नरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण