६ महिनामा पाँच करोड बढी राजस्व सङ्कलन
महोत्तरी । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा रु पाँच करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले रु पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व सङ्कलन गरेको हो ।
उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । ६ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट रु २७ लाख ८४ हजार एक सय ७७ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए ।
सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा रु तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व सङ्कलन भएको छ । सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा रु एक करोड १४ लाख २५ हजार सात १५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् ।
पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण