रौतहटमा खसीको मासु प्रतिकिलो ९५० रुपैयाँभन्दा बढीमा बिक्री गरेमा जरिवाना
शनिबार, २० माघ २०८०, १६ : ४९
रौतहट । रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा खसीको मासुको खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ। स्थानीय मासु व्यवसायी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण गरेको हो।
आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ। निर्धारित दरभन्दा बढी भाउमा बिक्री वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण