शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

झरनाले ९ जना स्रष्टालाई सम्मान गर्ने

मङ्गलबार, २३ माघ २०८०, ०७ : ४६
मङ्गलबार, २३ माघ २०८०

मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले वितरण गर्दै आएको यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०८० बाट काठमाडौँका डा गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । साहित्य क्षेत्रको विकास र उन्नयनका लागि योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित डा। त्रिपाठीलाई सम्मान गरिने भएको हो ।

झरनाले डा त्रिपाठीसहित विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० को अवसरमा सष्ट्राहरूलाई सम्मान गर्न लागेको हो ।

झरनाले साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार ५५५ रुपैयाँ सहित सम्मन गर्ने भएको झरना साहित्यिक परिवारका सचिव मसान उपासकले जानकारी दिए ।

साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने मकवानपुरका साम्ब ढकाललाई नगद १५ हजार ५५५ रुपैयाँ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान, पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्‍याएको भन्दै पत्रकार रामकुमार एलनलाई नगद ११ हजार १११ रुपैयाँ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार, खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, सुशीला दङ्गाल स्मृति सृजनशील नारी सम्मानबाट विमला कार्की सुसं, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने सचिव उपासकले बताए । उनीहरूलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने छ । ५ हजार ५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते हुने कालीदेवी मावि बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले बताए । उनका अनुसार महोत्सवको पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता, बकैया विशेष रचना वाचन हुनेछ । महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन, गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने सचिव उपासकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप