सोनाले र्यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’
मङ्गलबार, २३ माघ २०८०, ११ : २९
काठमाडौँ । गायिका सोना अमात्यले र्यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र सङ्गीत छ ।
गीतको भिडियोमा गायिका सोना, र्यापर गिरिश खतिवडा र बुलेट फ्लोको अभिनय छ । विशाल खरातको निर्देशन रहेको भिडियो आलोक शुक्लाले छायांकन गरेका छन् ।
निर्देशक विशालकै सम्पादन रहेको भिडियोमा प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी छ । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीत श्रोताको रोजाइमा पर्ने विश्वास आफूले लिएको गायिका सोनाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण