मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

सोनाले र्‍यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’

मङ्गलबार, २३ माघ २०८०, ११ : २९
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । गायिका सोना अमात्यले र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र सङ्गीत छ । 

गीतको भिडियोमा गायिका सोना, र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोको अभिनय छ । विशाल खरातको निर्देशन रहेको भिडियो आलोक शुक्लाले छायांकन गरेका छन् । 

निर्देशक विशालकै सम्पादन रहेको भिडियोमा प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी छ । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीत श्रोताको रोजाइमा पर्ने विश्वास आफूले लिएको गायिका सोनाले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप