कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली, १८१ जना मिसन इलाका प्रस्थान

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सैनिकहरुको अदलीबदली भएको छ ।
नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औँ डफ्फा र क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि मंगलबार महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औँ डफ्फा, नं. २७ फिल्ड गुल्म (शान्ति सेना) २७ औँ डफ्फा र केवलजंग(शान्ति सेना) तेस्रो डफ्फाका १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका छन् ।यूएन चार्टर्ड उडानमार्फत उनीहरु मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, सो मिसन अन्तर्गत विभिन्न युनिटहरूमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १८६ जना नेपाली शान्ति सैनिकहरूपनि प्रमुख सेनानी शान्त कुमार कार्कीको नेतृत्वमा आजै स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात