कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली, १८१ जना मिसन इलाका प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सैनिकहरुको अदलीबदली भएको छ ।
नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औँ डफ्फा र क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि मंगलबार महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औँ डफ्फा, नं. २७ फिल्ड गुल्म (शान्ति सेना) २७ औँ डफ्फा र केवलजंग(शान्ति सेना) तेस्रो डफ्फाका १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका छन् ।यूएन चार्टर्ड उडानमार्फत उनीहरु मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, सो मिसन अन्तर्गत विभिन्न युनिटहरूमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १८६ जना नेपाली शान्ति सैनिकहरूपनि प्रमुख सेनानी शान्त कुमार कार्कीको नेतृत्वमा आजै स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण