शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन

प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनू
शुक्रबार, २९ जेठ २०८३, २१ : ०५
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनाको कारण पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
  • नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको र १६ जना घाइते भएकोमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
  • सरकारले घाइतेहरूको प्रभावकारी उपचार र मृतकका परिवारलाई सहयोग गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काभ्रेपलाञ्चोकमा भएको यात्रुवाहक बस दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

शुक्रबार नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु तथा १६ जना घाइते भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकिएको जनाएको छ।

सरकारले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटना लगत्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको समन्वयमा उद्धार तथा उपचारको कार्य सञ्चालन गरिएको थियो। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको काम गरिएको छ।  

717066262_27118091327799723_871390533944169532_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप