संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले सो राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको जानकारी दिइन् ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिस गरेपनि लामो सदयदेखि राष्ट्रपतिले स्वीकृत नगरी होल्ड गरेर राखेका थिए । उनको नागरिकताको विषयमा विवाद भएपछि राष्ट्रपतिले सिफारिस होल्ड गरेको बताइएपनि यसभित्र राजनीतिक कारण समेत रहेको चर्चा हुँदै आएको थियो ।
यसअघि संघीय संसदको महासचिवमा डा भरतराज गौतम रहेका थिए । उनले मंसिर २४ मा राजीनामा दिएपछि पाण्डेयलाई नियुक्त गर्न सिफारिस भएपनि विवाद हुँदै आएको थियो । एमालेको निरन्तरको दवावपछि राष्ट्रपतिले पाण्डेलाई नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण