राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
उनले मंगलबार राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।
पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट माघ २३ गते दिएको राजीनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले पाण्डेलाई महासचिव नियुक्त गर्न सभामुख र राष्ट्रियसभा अध्यक्षले गरेको सिफारिस भने स्वीकृत गरिसकेका छैनन् । पाण्डेको नागरिकताको विषयमा प्रश्न उठेपछि उनको नियुक्ति विवादित बन्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण