सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

होण्डाले ल्यायो एसपी १२५

बुधबार, २४ माघ २०८०, ०९ : ३८
बुधबार, २४ माघ २०८०

काठमाडौँ । होण्डा ब्राण्डले १२५ सीसी हर्स पावर रहेको एसपी १२५ बीएसभीआई नेपाली बजारमा ल्याएको छ । होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि ले यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने दाबी गरेको छ । 

आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने कम्पनीको भनाई छ । हृण्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनेछ । यसमा रहेको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकहरूलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनीको विश्वास छ । 

नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेबसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी सीमित अवधिको लागि मात्र रु. २ लाख ७८ हजार ९०० को प्रारम्भिक मूल्यमा एसपी १२५ खरिद या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप