होण्डाले ल्यायो एसपी १२५
काठमाडौँ । होण्डा ब्राण्डले १२५ सीसी हर्स पावर रहेको एसपी १२५ बीएसभीआई नेपाली बजारमा ल्याएको छ । होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि ले यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने दाबी गरेको छ ।
आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने कम्पनीको भनाई छ । हृण्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनेछ । यसमा रहेको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकहरूलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनीको विश्वास छ ।
नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेबसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी सीमित अवधिको लागि मात्र रु. २ लाख ७८ हजार ९०० को प्रारम्भिक मूल्यमा एसपी १२५ खरिद या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण