प्रधानमन्त्रीलाई गोकुलको प्रश्न : यही हो रामराज्य ?
काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकार नालायक भएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका बास्कोटाले प्रधानमन्त्री प्रचण्ड काभ्रेको पाँचखाल पुगेर आफ्नो ड्राइभरलाई ‘यो बाटो यस्तो होला’ भनेर आफूले नसोचेको भनेको प्रसङ्ग कोट्याउँदै ‘धन्न यो देशको प्रधानमन्त्री !’ भनेर टिप्पणी गरे ।
त्यस्तै उनले अर्थमन्त्री र अर्थमन्त्रीलाई पटक–पटक बाटो बनाउन आग्रह गरे पनि नबनाएको बताए । बास्कोटाले जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न समेत गरे ।
‘काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउँछन् । सरकारलाई प्रश्न सोध्न चाहन्छु । प्रधानमन्त्रीको भनाइ राज्य आइसक्यो भन्ने छ । यही हो राम राज्य ?’, बास्कोटाको प्रश्न मिश्रित भनाइ राखे ।
उनले वर्तमान सरकारलाई नालायक र गतिहीनको संज्ञा दिए । ‘योभन्दा नालायक, गतिहीन, जबाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले ?’, बास्कोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण