लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्य भित्रिँदै छ : गायक खाँड
काठमाडौँ । चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताए ।
चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसङ्गति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने धारणा राखे । उनले भने ,'पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ ।' नेपाली कला सङ्गीत भित्र अराजकता भित्र्याउनेहरूलाई सञ्चार माध्यमले महत्त्व नदिए आफै विलीन हुँदै जाने खाँडको धारणा रहेको थियो ।
'विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आएको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ' उनले थपे 'पहिला हामीले कति दुःख गर्थ्यौ तर अहिले हेर्नुहोस् सामाजिक सञ्जाल हेरे पुग्छ ।' नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार सङ्घले गरेको काम प्रति खुसी व्यक्त गर्दै पहिलो पटक यसरी लोकसंगीत र कलाकारिताको विषयमा पत्रकारसँग छलफल गर्न पाएकोमा खुसी ब्याक्त गरे ।
चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सङ्घका सल्लाहकार शरद रेग्मीले राखेका थिए, भने कार्यक्रमको सहजीकरण सङ्घकी सचिव निरला अर्यालले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण