मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्य भित्रिँदै छ : गायक खाँड

शुक्रबार, २६ माघ २०८०, ०७ : ४०
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताए ।

चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसङ्गति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने धारणा राखे । उनले भने ,'पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ ।'  नेपाली कला सङ्गीत भित्र अराजकता भित्र्याउनेहरूलाई सञ्चार माध्यमले महत्त्व नदिए आफै विलीन हुँदै जाने खाँडको धारणा रहेको थियो ।

'विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आएको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ' उनले थपे 'पहिला हामीले कति दुःख गर्थ्यौ तर अहिले हेर्नुहोस् सामाजिक सञ्जाल हेरे पुग्छ ।' नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार सङ्घले गरेको काम प्रति खुसी व्यक्त गर्दै पहिलो पटक यसरी लोकसंगीत र कलाकारिताको विषयमा पत्रकारसँग छलफल गर्न पाएकोमा खुसी ब्याक्त गरे । 

चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सङ्घका सल्लाहकार शरद रेग्मीले राखेका थिए, भने कार्यक्रमको सहजीकरण सङ्घकी सचिव निरला अर्यालले गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप