मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

सुमन र अनुको ‘धड्कन भित्र’मा रचना र बाबुराजाको अभिनय

शुक्रबार, २६ माघ २०८०, ११ : ४६
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । गायक सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतको भिडियोमा गायक केसीकै सङ्गीत संयोजन रहेको छ । 

गीतको भिडियो पनि बनेको छ । जसमा रचना श्रेष्ठ र बाबुराजा कपालीको अभिनय छ । एकजोडी प्रेमीको प्रेमकथा देखाइएको भिडियोमा जीवन रिजालको छायाङ्कन, अर्जुन तिवारीको डिओपी र मदन घिमिरेको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप