अभियन्ता ईः को नेतृत्वमा लुम्बिनीदेखि सिंहदबारसम्म पैदलयात्रा हुने
काठमाडौँ । अभियन्ता ईः को नेतृत्व लुम्बिनीदेखि सिंहदबारसम्म पैदलयात्रा हुने भएको छ । बेरोजगारी, आर्थिक–सामाजिक असमानता र कुण्ठित भएको मौलिक हक अधिकारका लागि सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित माघ २८ गतेदेखि फागुन ७ गतेसम्म लुम्बिनी–सिंहदरबार पैदलयात्रा हुने भएको हो ।
सो पैदलयात्रा अभिायनको उद्देश्य देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवम् गरीबलाई बिना अध्ययनबिकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने, पालिकाहरुलाई गरीबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापनसम्बन्धी, संघीय ऐनको सिर्जना तथा भएका कानुनी प्रवधानको सबलीकरण गर्ने लगायत रहेका छन् ।
अभियन्ता ईः ले सो पैदलयात्रामा सहभागी हुन सबैलाई अनुरोध समेत गरेका छन् । माघ २८ गते सुरु हुुने पैदलयात्रा माघ २९ गते सुनवल रामनगर, फागुन १ गते दुम्कीबास, फागुन २ गते दलदले, फागुन ३ गते चितवन रामनगर, फागुन ४ गते कुरिनटार, फागुन ५ गते गजुरी, फागुन ६ गते नौबिसे र फागुन ७ गते काठमाडौँ सिंहदबार आइपुग्नेछ ।
अभियन्ता ईः को नेतृत्वमा यसअघि पनि यस खालका सामाजिक अभियानहरु सञ्चालन हुँदै आएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण