शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र–छात्रा

शनिबार, २७ माघ २०८०, २२ : २१
शनिबार, २७ माघ २०८०

गोदार । नवमिथिला फाउण्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एण्ड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधामस्थित नोचा पोखरी डिलमा विद्यार्थीले कला–शिल्प प्रदर्शन गरेका छन् ।

 त्यस अवसरमा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले विद्यार्थीका लागि आफ्नो क्षमता र सीप देखाउने यो राम्रो अवसर भएको बताए । उनले सहभागी विद्यार्थीलाई बधाइ दिँदै नवमिथिला फाउण्डेशनलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।

प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक विद्यालयका ३५ जना छात्रछात्रा सहभागी थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई आगामी फागुन १२ गते आयोजना हुने जनकपुर साहित्य महोत्सवमा पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमित साहले जनाए ।

प्रथम हुनेलाई रु २१ हजार, द्वितीयलाई रु ११ हजार र तृतीयलाई रु पाँच हजार एक सय नगदसहित कदरपत्र प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप