डा.त्रिशाला गुरुङको नयाँ गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक
काठमाडौँ । डा.त्रिशाला गुरुङको स्वर गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक भएको छ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीतमा गुरुङलाई गायक प्रमोद खरेलले साथ दिएका छन् ।
मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा निर्माण गरिएको छ । निर्देशक नव ढुङ्गेलको कल्पनामा एआई एनिमेसनको प्रयोग भएर भिडियो निर्माण भएको हो । गीतमा दिक्षित पौडेलको एरेन्ज छ ।
गीतले विद्यार्थीहरुलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जे जस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित
गरेको छ । गीतमा इमेज जेनेरेटमा सदिक्षा कट्टेलले साथ दिएकी छन् भने गीतको कभर पेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण