‘साधना म्युजिक रिवार्ड’मा शम्भुजितलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिने
_QTJ6Pl8PSw.jpg)
काठमाडौँ । मेलोडी किङका रुपमा परिचित संगीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्युजिक रिवार्ड – २०८०’मा बास्कोटालाई बिगत ५ दशकदेखिको गीतसंगीतको क्रियासिलताको मुल्याङकन गर्दै प्रधान गर्न लागिएको हो ।
पहिलो र दोस्रो अवार्डको रुपमा आयोजित यो अवार्ड तेस्रो सिक्वेलमा आएर रिवार्डको रुपमा बाडिएको थियो । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष र महिला मोडल नृत्य रहेको छ । त्यस्तै आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला र अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा समेत रहेको छ ।
नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित साधना म्युजिक रिवार्ड २०८० आगामी फागुन १५ गते एक कार्यक्रमको आयोजना सहित बाँडिनेछ । नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिँदै आएको रिवार्डमा नेपाली गीतसंगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बाँडिने आयोजक रिवार्डको अध्यक्ष सामना शाहले विज्ञप्ति मार्फत जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलाकी’मा भित्रिइन् शिल्पा
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक