‘साधना म्युजिक रिवार्ड’मा शम्भुजितलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिने
काठमाडौँ । मेलोडी किङका रुपमा परिचित संगीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्युजिक रिवार्ड – २०८०’मा बास्कोटालाई बिगत ५ दशकदेखिको गीतसंगीतको क्रियासिलताको मुल्याङकन गर्दै प्रधान गर्न लागिएको हो ।
पहिलो र दोस्रो अवार्डको रुपमा आयोजित यो अवार्ड तेस्रो सिक्वेलमा आएर रिवार्डको रुपमा बाडिएको थियो । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष र महिला मोडल नृत्य रहेको छ । त्यस्तै आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला र अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा समेत रहेको छ ।
नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित साधना म्युजिक रिवार्ड २०८० आगामी फागुन १५ गते एक कार्यक्रमको आयोजना सहित बाँडिनेछ । नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिँदै आएको रिवार्डमा नेपाली गीतसंगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बाँडिने आयोजक रिवार्डको अध्यक्ष सामना शाहले विज्ञप्ति मार्फत जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण