शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटको सिलिङ बढ्छ : प्रधानमन्त्री

सोमबार, २९ माघ २०८०, १२ : २२
सोमबार, २९ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले जतिसुकै आर्थिक चुनौति र जटिलता भएपनि बजेटको सिलिङ बढ्ने बताएका हुन् । ‘मैले आजै राष्ट्रिय योजना आयोगसँग छलफल पनि गरेको छु । छलफलका क्रममा पनि बजेट सिलिङ घट्ने होइन बढ्ने नै देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप