सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग

सोमबार, २९ माघ २०८०, १३ : ४९
सोमबार, २९ माघ २०८०

काठमाडौँ । गोरखामा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार गोरखा जिल्लाका बंगुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको हो । योसँगै देशभर ६ वटा जिल्लामा यो रोग पुष्टि भएको हो । 

काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ६ जिल्लामा पुष्टि भएको छ ।

रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ, ललितपुर र गोरखा जिल्लामा यो रोग पुष्टि भएको सरकारी निकायले जनाएको छ ।  नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप