गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग
सोमबार, २९ माघ २०८०, १३ : ४९
काठमाडौँ । गोरखामा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार गोरखा जिल्लाका बंगुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको हो । योसँगै देशभर ६ वटा जिल्लामा यो रोग पुष्टि भएको हो ।
काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ६ जिल्लामा पुष्टि भएको छ ।
रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ, ललितपुर र गोरखा जिल्लामा यो रोग पुष्टि भएको सरकारी निकायले जनाएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण