फ्यानसँग रिस उठेपछि आदित्यनारायणले फोन खोसेर फ्याके
मुम्बई । भारतीय गायक तथा टिभी होष्ट आदित्यनारायण रिसाहा प्रवृत्तिका कारण बारम्बार चर्चामा आइरहन्छन् । यसपटक पनि उनी चर्चामा आएका छन् । यसको कारण पनि उनको रिस नै हो । यतिबेला उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा छन् । भाइरल भिडियो एउटा कन्सर्टको हो । यसमा उनले एक फ्यानलाई माइकले हिर्काउने कोशिश गरेको अनि फोन फ्याकेको देखिन्छ ।
यो भिडियोका कारण आदित्य ट्रोल भइरहेका छन् । यही सप्ताहन्तमा आदित्यले छत्तीसगढको भिलाईस्थित एक कलेजको कार्यक्रममा सहभागी भएका थिए । त्यही क्रममा आदित्यनारायण एक फ्यानमाथि यति भड्किए कि फ्यानमाथि हमलै गरे । संगीत कार्यक्रम होस्ट गरिरहेका गायकले पहिले फ्यानको हातमा बेस्कन माइक फ्याके । त्यसपछि उनको फोन खोसेर फ्याकिदिए । आदित्य जुन युवकसँग क्रुद्ध बनेका थिए उनले आदित्यको भिडियो बनाइरहेका थिए । तर, आदित्यलाई यो कुरा फिटिक्कै मन परेन । अनि फ्यानमाथि हमला गरे ।
आदित्यको यो हर्कत देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु साह्रै रिसाएका छन् । अनलाइन भाइरल भएको भिडियोमा आदित्य कन्सर्टमा शाहरुख खानको फिल्म ‘डन’ आज की रात गित गाइरहेको देख्न सकिन्छ । यसैबिच, उनी एक फ्यानसँग भड्किए । भिडियो हेर्दा आदित्य गीत गाइरहँदा उनको परफॉर्मन्स रेकर्ड गरिरहेका फ्यानले उनको ध्यान खिचेको देखिन्छ । आदित्य किन यति धेरै रिसाएका हुन् भन्ने कुरा भिडियोमा प्रष्ट छैन । गायनलाई निरन्तरता दिन फ्यानको फोन खोसेर भीडमा फालेको जस्तो देखिन्छ ।
उनको यो व्यवहारबाट कन्सर्टमा आएका दर्शकहरू पनि छक्क परेका थिए । भिडियोमाथि सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया आइरहेको छ । ‘आदित्य नारायणमा के समस्या छ ? यिनलाई के कुराका यत्रो घमन्ड हो ? आफ्नै फ्यानप्रति अपमानजनक व्यवहार’ एक युजरले कमेन्टमा भनेका छन् । आदित्य नारायण यस्तो खालको विवादमा फसेको यो पहिलो पटक होइन । यसअघि पनि उनी आफ्नो रिसका कारण धेरै पटक चर्चामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण