माओवादी केन्द्रले थप्यो वैकल्पिक केन्द्रीय सदस्य, को–को समेटिए ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले थपिएका वैकल्पिक केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
शुक्रवार र शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले रिक्त रहेका सदस्य थप गर्ने निर्णय गरेको थियो ।
नयाँ वैकल्पिक सदस्यहरूमा लालबहादुर सुस्लिङ(मोरङ), शंकर राई(खोटाङ), रिपुप्रसाद राई(सङ्खुवासभा), डम्बर सुवेदी(सुनसरी), डा. महादेव महतो(मोरङ), टंक गिरि(मोरङ), रामसुर बुढा(रुकुम पूर्व), पुरन केसी(रोल्पा), राजेन्द्रवीर राय(बाँके), नारायण महर्जन(काठमाडौँ), हीरानाथ खतिवडा(नुवाकोट), मन ऋषि धिताल(जुम्ला), खिलबहादुर भण्डारी(चितवन), मैनबहादुर मोक्ता(रामेछाप), चन्द्रबहादुर खड्का(अर्घाखाँची), विवश चिन्तन देवकोटा(गोरखा), गङ्गा पोखरेल(कास्की) र विनय बनेम(ताप्लेजुङ) रहेका छन् ।
यसअघि साउनमा बसेको केन्द्रीय समिति बैठकले २२ जना महिला र २ जना पुरुष गरी २४ जना केन्द्रीय सदस्य थप गरेको थियो । अहिले वैकल्पिक सदस्य १९९ रहेको छ । केन्द्रीय समिति ४०९ सदस्य रहेको छ । विभिन्न पार्टीबाट आएका नेताहरूलाई समेट्न सदस्य थप गरिएको बताइएको छ ।
यस्तै यस्तै सल्लाहकार समितिमा ४ सदस्य थप गरिएको छ । जसमा पूर्णसिंह राजवंशी(झापा), लक्ष्मी श्रेष्ठ (काठमाडौँ), विना पोखरेल(मोरङ) र सुरेश गौतम (गुल्मी) रहेका छन् ।
यसैगरी ज्येष्ठ कम्युनिस्ट मञ्चमा तीन जना थप गरिएको छ । जसमा नगेन्द्र धिमाल(मोरङ), इन्द्रप्रसाद रेग्मी(चितवन) र प्रकाश सुवेदी(बाँके) रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण