मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादीको निर्णय
काठमाडौँ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।
‘प्रस्तावित मस्यौदा विधानमाथि स्थायी समितिबाट आएका सुझावसहित परिमार्जन गरी विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको छ । पदाधिकारीको सुझावपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले थप निर्णय गर्ने र बाँकी विषय अधिवेशनमा नै छलफल गर्नेछौँ । अधिवेशनले नै निर्णय गर्नेछ’, शर्माले भने ।
विधान अधिवेशन भोलि (मंगलबार) बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने उनले बताए । शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकले मस्यौदा समायोजन गरी परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । बैठकमा पदाधिकारीहरूले आफैले निर्णय गर्नुभन्दा सुझावसहित अधिवेशनमा पेस गर्न जिम्मा दिएका थिए । माओवादी अधिवेशन तीन गनेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण