सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादीको निर्णय

सोमबार, २९ माघ २०८०, १९ : ३१
सोमबार, २९ माघ २०८०

काठमाडौँ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

‘प्रस्तावित मस्यौदा विधानमाथि स्थायी समितिबाट आएका सुझावसहित परिमार्जन गरी विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको छ । पदाधिकारीको सुझावपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले थप निर्णय गर्ने र बाँकी विषय अधिवेशनमा नै छलफल गर्नेछौँ । अधिवेशनले नै निर्णय गर्नेछ’, शर्माले भने ।

विधान अधिवेशन भोलि (मंगलबार) बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने उनले बताए । शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकले मस्यौदा समायोजन गरी परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । बैठकमा पदाधिकारीहरूले आफैले निर्णय गर्नुभन्दा सुझावसहित अधिवेशनमा पेस गर्न जिम्मा दिएका थिए । माओवादी अधिवेशन तीन गनेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप