मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दर्शनभित्रको दर्शन’ दोस्रो संस्करण प्रकाशित

सोमबार, २९ माघ २०८०, २२ : ४४
सोमबार, २९ माघ २०८०

काठमाडौँ । दर्शनभित्रको दर्शन नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषक पिएचडीको पाठ्यक्रममा समावेश यस पुस्तकका लेखक वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजाल हुन् ।

त्रिविविमा समेत अनौपचारिकरूपमा पठनपाठन भइरहेको यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेको हो ।  विगत २०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्राकाशित यस पुस्तकमा पौरस्य दर्शनका षड्दर्शन तथा तिनका वादका साथै केही पश्चिमी दर्शनका विषयवस्तु समेटिएका छन् । पुस्तकमा तीन खण्ड छन्, जसमा वैदिक दर्शन, अवैदिक दर्शन र विविध दर्शनखण्ड पर्छन् ।

पुरानो प्रति सकिएकाले अर्को संस्करण निकाल्नु परेको लेखक रिजालले बताए । उनी भन्छन्– ‘बजार पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन वाध्य भएको हुँ ।’ 

प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्– ‘हामीले साहित्यिक अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशित गराउँदै आएका छौँ । प्रस्तुत पुस्तक त्यसैको निरन्तरता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप