सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

मङ्गलबार, ०१ फागुन २०८०, ०७ : ५६
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–१ गोलको पुनरागमन जित निकालेको हो । 

३० औँ मिनेटमा क्रिष्टलले अग्रता लिएको थियो । उसका जेफरसन लिमाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको क्रिष्टलले दोस्रो हाफको सुरुमै खेल बराबरी गर्न सफल भयो । चेल्सीका लागि ४७ औँ मिनेटमा कोनर जोन गालाघरले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा गालाघरले नै व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी २–१ गोलले अघि बढेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा इन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सी अन्ततः ३–१ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो ।

जितसँगै चेल्सी २४ खेलबाट ३४ अंक बनाएर तालिकाको दशौं स्थानमा छ । पराजित भएको क्रिष्टल भने २४ खेलबाट २४ अंकका साथ तालिकाको १५ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा लिभरपुल २४ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा रहँदा २३ खेलबाट ५२ अंक बनाएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप