इनर्जीको पावर हाउस हुन् भिजाएर खाइने यी खानेकुरा
काठमाडौँ । बिहान उठेपछि केही चिजको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । केही खानेकुरा यस्ता पनि छन् जसलाई रातभर भिजाएर खाँदा फाइदा हुन्छ । भिजाएपछि यी खाद्य वस्तुको पौष्टिकता बढ्छ । यस्ता खानेकुराको सेवनले दिनभरको थकान हटाउँछ अ नि शरीरलाई ऊर्जा पनि दिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । आजको यस लेखमा हामीहरू रातभरि भिजाएर खाँदा शरीरलाई फाइदा पुग्ने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौं ।
किशमिस
किसमिसलाई रातभर भिजाएर बिहान खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउनुका साथै पेटलाई स्वस्थ बनाउन मद्दत मिल्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले हामीलाई सङ्क्रमण आदिबाट पनि बचाउँछ ।
भिजाइएको चना
भिजाइएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । रातभर भिजाएर बिहान खाँदा चनाले शरीरलाई दोब्बर शक्ति दिन्छ । यसमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ । यदि तपाईँले बिहान भिजाइएको वा भिजाएर उमारिएको चना खानु हुन्छ भने तौल घटाउन पनि मद्दत मिल्छ । साथै यसले शारीरिक शक्ति पनि बढाउँछ ।
भिजाइएको बदाम
भजाइएको बदाम शरीरमा पौष्टिक तत्त्वको कमीलाई पूरा गर्न उत्तम विकल्प हो । यी खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बदामलाई रातभर भिजाएर राख्दा यसको पोषण बढ्छ । यस कारण भिजाएको बदाम नियमित खाँदा उच्च रक्तचाप र खराब कोलेस्ट्रोलबाट राहत मिल्छ । यसबाहेक यसले स्मरण शक्ति पनि बढाउँछ ।
भिजाइएको मुङ
रातभर भिजाएर राखेपछि भोलिपल्ट बिहान मुङ टुसाउँछ । टुसा आएको मुङको सेवनले पेटको धेरैजसो समस्याबाट मुक्ति मिल्छ । भिजाएको मुङ कब्जियतका लागि निकै प्रभावकारी मानिन्छ । तपाई तौल घटाउन चाहनु हुन्छ भने बिहान टुसा उमारिएको मुङ खानु निकै फाइदाजनक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण