ब्रिटिस कलेजका विद्यार्थीद्वारा उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् ।
गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो । टीबीसीका विद्यार्थीहरु प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आईडियसनको चरणको योजनाहरुमा पहिलो स्थान हासिल गरे । यो असाधारण उपलब्धिसँगै सहभागी विद्यार्थीहरुले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।
सफलतापछि प्रतिक्रिया दिँदै सहभागी विद्यार्थी अग्रवालले भने, ‘प्रतियोगितामा अवधारणा प्रदर्शन गर्न हामीले विजेनेश र कम्प्युटिङका सहपाठीहरु सँगै काम गर्ने मौका पायौँ । यसको लागि टीबीसी इक्युबेशन सेन्टरका प्रमुख सुबोध रुपाखेती सरले अमूल्य सहयोग प्रदान गर्नुभयो । उहाँको सहयोगले हामीले ग्लोबल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्यौँ ।’
प्रतिस्पर्धासँगै विद्यार्थीहरुले उद्योगपतिहरु, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरुको भ्रमण गर्ने अवसर समेत प्राप्त गरे ।
विद्यार्थीहरुको उपलब्धिमा बधाई ज्ञापन गर्दै टीबीसी इन्क्युबेशन सेन्टर प्रमुख रुपाखेतीले भने, ‘उद्यमशिलताको भविष्यलाई आकार दिने हाम्रो सङ्कल्पलाई एनईसी २.० मा पाएको उपलब्धिले थप पुष्टि गरेको छ । यसबाट हामी निकै हर्षित छौं । लिड कलेजसँगको सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गाको सावित भएको छ किनकि यसले अन्तरदेशीय ज्ञानको आदानप्रदान सँगै बलियो उद्यमशीलताको इकोसिस्टममा नयाँ ढोकाहरु खोल्न सघाउ पुर्याएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण