सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् विश्व सामाजिक मञ्चको सम्मेलन

तस्बिरमा हेर्नुहोस् विश्व सामाजिक मञ्चको सम्मेलन

बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । आज बिहीबारदेखि विश्व सामाजिक मञ्चको १६ औँ संस्करण सुरु भएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा १६ औँ संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको हो । 

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा ९२ मुलुकका करिब ४० हजार मानिसहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुने भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ । 

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया