आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ (तस्बिरहरु)

माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ (तस्बिरहरु)

शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ परेका छन् । शुक्रबार माइतीघरको निषेधाज्ञा हटाउनु पर्ने भन्दै निषेधाज्ञाको ब्यानर जलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मृतक आरती साहका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत छन् । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावाद जस्ता नारा पनि लगाएका थिए । 

सरकारले माइतीघर मण्डललाई निषेध क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्ना रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो । त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिकाको बाहिर बसिरहेका थिए । तर शुक्रबार बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लागेको थियो । त्यसपछि उनीहरुले माइतीघर राखिएको निषेधाज्ञाको ब्यानर जलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया