प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन एमालेको माग
नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।
मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
‘तत्काल उहाँलाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ ’, उनले भने, ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन ।’
यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड पनि २४ घन्टे परीक्षामा परेको उनको टिप्पणी छ। उनले प्रधानमन्त्रीलाई २४ घण्टाको समय दिएर बर्खास्त वा राजीनामा नआए संसद अबरुद्ध हुने सन्देश दिएका छन् ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ज्वालाले नैतिकता देखाउनुपर्ने बताएक छन् । ‘इमान र नैतिकता पूर्ण रुपमा मरिसक्यो कि ढुकढुकी बाँकी छ अब हेरौं’, उनको भनाइ छ, ‘सुरक्षाकर्मीलाई कारवाही।।मन्त्रीलाई मिलेन यस्तै यस्तै ?’
मन्त्री ज्वाला घटनाको मुख्य जिम्मेवार रहेको प्रतिवेदन आयोगले दिएसँगै ज्वालामाथि कारबाहीको दवाव बढेको छ । उनले राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण