फोटोफिचर
यस्तो छ कांग्रेस महासमिति बैठकस्थल, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०६ फागुन २०८०, १४ : ३७
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेमा ललितपुरको गोदावरीमा हुदैछ । महासमिति बैठकको आवश्यक तयारी पुरा भएको कांग्रेसले जनाएको छ । गोदावरी सनराइज सम्मेलन केन्द्रमा भोलि कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
स्वागत मूल ब्यानरको बायाँतिर कांग्रेसका संस्थापक नेता बीपी कोइराला र दायाँतिर सभापति शेरबहादुर देउवाको तस्बिर अंकित राखिएको छ । उपत्यकाको सडकका दायाँ बायाँ, रिङरोड र विशेष गरि सातदोबाटोदेखि कार्यक्रम स्थल गोदावरीसम्म पार्टीको झन्डा राखिएको छ ।
कांग्रेसले महासमितिमा सहभागीहरूको लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी पोइन्ट बताएको छ । कांग्रेस महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुने छन् भने पार्टीका नीति, सांगाठनिक, समसामयिक राजनीतिक र आर्थिक नीतिबारे छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचन : कुन पालिकाबाट कति मत झर्यो ?
-
नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्सबिच समझदारी
-
मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए
-
धरानमा खानेपानीको अभाव
-
अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू
-
इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ