अफ्रिकन स्वाइन फिभर : भेटेरिनरी प्रमाणपत्र जारी नगर्न पशु चिकित्सा परिषद्को आग्रह
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ । पशु सेवा विभागले नेपालको गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण भेटिएको पुष्टि गरेसँगै ती क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरिएको हो ।
अफ्रिकन स्वाइन फिभर रोग द्रुत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मक लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्नु हुन सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूमा अनुरोध गरिएको छ । सो रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैह्र सरकारी निकायमा कार्यरत सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूले तिनै तहका सरकारहरूसँग समन्वय र सहकार्य गरी सहयोग गर्नु हुनसमेत परिषद्को सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण