शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकन स्वाइन फिभर : भेटेरिनरी प्रमाणपत्र जारी नगर्न पशु चिकित्सा परिषद्को आग्रह

आइतबार, ०६ फागुन २०८०, २० : ४९
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ । पशु सेवा विभागले नेपालको गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण भेटिएको पुष्टि गरेसँगै ती क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको  ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरिएको हो । 

अफ्रिकन स्वाइन फिभर रोग द्रुत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मक लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्नु हुन सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूमा अनुरोध गरिएको छ । सो रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैह्र सरकारी निकायमा कार्यरत सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूले तिनै तहका सरकारहरूसँग समन्वय र सहकार्य गरी सहयोग गर्नु हुनसमेत परिषद्को सूचनामा उल्लेख छ । 

pashu chikista

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप