गोर्खा वारियरको पोखरामा प्रिमियर शो
पोखरा । गोर्खा वारियरको पोखरामा रेडकार्पेट प्रिमियर शो भएको छ । पोखरा मिडटाउन सिनेमाजमा ब्याण्डबाजाका साथ प्रिमियर देखाइएको हो । प्रिमियर शोको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले गरेकी हुन् ।
गोर्खा वारियर नेपालीको पहिचान भएको उनले बताइन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु नौलो भएको उनको भनाई छ । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम)ले गोर्खा वारियर सबै विषयमा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । प्रिमियर शो हेर्न पुगेका सेवा निवृत्त बेलायती सेनाहरूले सिनेमाभित्र आफ्ना कथावस्तु रहेको बताए ।
७० वर्ष अगाडीको कथावस्तुलाई सिनेमामा उतारिएको छ । गोर्खाली समुदायको कथालाई विश्वले मन पराउने उनीहरूको भनाई छ । फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ ।
सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण