‘मन्त्री ज्वालाबारे निर्णयको जिम्मा प्रधानमन्त्रीकै’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालाबारे बालकुमारी घटना जाँचबुझ प्रतिवेदन अध्ययन नगरी कुनै निर्णय नगर्ने भएको छ । एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री ज्वालाबारे सामान्य छलफल भए पनि पार्टीले त्यसमा कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘मन्त्री ज्वालाबारे बाहिर आएका विषयमा अनौपचारिक छलफल त हुने नै भयो तर कुनै निर्णय भएको छैन,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गर्दैछु, अध्ययन गरेर आवश्यक निर्णय गर्छु भनेपछि हामीले केही भन्न जरुरी पनि रहेन ।’ उनले बालकुमारी घटनामा एकपक्षीय ढङ्गले मन्त्री ज्वालालाई मात्र आरोपित गर्न खोजिएको आभास भएको भन्दै प्रतिवेदनमा के लेखिएको छ भनेर खुलिनसकेको बताए ।
‘प्रतिवेदनमा के लेखिएको छ त्यो हामीले पढ्न पनि पाएका छैनौँ । त्यो नपढी यसै हो भनेर भन्ने अवस्था छैन’, नेता खतिवडाले भने, ‘पहिला प्रतिवेदन सार्वजनिक होस, हेरौँ, पढौँ, बुझौँ त्यसपछि मात्र भन्न सकिन्छ ।’
उनले आयोगको प्रतिवेदनमाथि नै शंका व्यक्त गरे । भने, ‘त्यहाँ निकै ठुलो पूर्वाग्रह र चलखेल भएको हुनसक्छ भन्ने हाम्रो बुझाई पनि छ ।’
दुई महिनाअघि बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वाला सवार गाडी आगजनी भएको थियो । उक्त घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा ज्यान जानेगरी घटना हुनुमा मन्त्री ज्वालाको कमजोरी देखिएकाले उनी समेत दोषी रहेको ठहर गरेको छ । सरकारले नै गठन गरेको आयोगको प्रतिवेदनले मन्त्री ज्वालालाई दोषी देखाएको अवस्थामा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भए पनि त्यसो नगरिएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
संसदमा ज्वालासहित भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण