सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेतृ सुनिता साह आजपा प्रवेश

शनिबार, १२ फागुन २०८०, १० : ५०
शनिबार, १२ फागुन २०८०

काठमाडाैँ । पश्चगामी र यथास्थितिवादी शक्तिहरूले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्‍याएको भन्दै तत्कालीन फोरम नेपालका संस्थापक नेत्री तथा तराई मधेस महिला फाउन्डेसन नेपालका अध्यक्ष सुनिता कुमारी साहसहितका अभियन्ताहरू आम जनता पार्टी प्रवेश गरेका छन् । 

वर्तमान सङ्कटबाट देशलाई निकास दिन अग्रगामी शक्तिको मूल धाराको रूपमा आम जनता पार्टी नै एक मात्र ठोस विकल्प रहेको भन्दै साहसहित रिसर्चर तथा समाजसेवी वसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका प्रभावशाली व्यक्तित्वहरू आजपा प्रवेश गरेका हुन् । 

उनीहरूलाई पार्टी अध्यक्ष प्रभु साहले खादा मालासहित पार्टीमा स्वागत गरेका थिए । साथै नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप