जागिर
अचाक्ली बढी रहेछ, देशमा दिन दिनै
रोजगारीको लागि विदेश पलायन हुनेको सङ्ख्या
छैन देशमा रोजगारको कुनै सुनौलो अवसर
छैन यहाँ जागिरको लागि स्वच्छ र खुल्ला प्रतिस्पर्धा
चल्छ जागिर पाउन चाकडी र चाप्लुसी
लगाउनु पर्छ, कुनै नेताको सिफारिस नै
बन्नु पर्छ, कुनै पार्टीको कार्यकर्ता
लिनु पर्छ, कुनै पार्टीको सदस्यता
अनि बोक्नु पर्छ, कुनै पार्टीको झण्डा
कि त चिन्नु पर्छ, कुनै हाकिम नै
हुँदैन गर्दैन यहाँ कसैले योग्यताको कदर नै
पाइँदैन यहाँ योग्यता अनुसारको कुनै जागिर
गर्नु पर्छ, सामान्य जागिर पाउन पनि ठुलो परिश्रम
हुन्छ जागिर पाउन लागि अनेक चलखेल
खानु पर्छ, बाउन्न घुस्सा र त्रिपन्न ठक्कर
बरु पाइन्छ, होला हराएको सामान, पैसा पनि
तर अति गाह्रो छ, जागिर पाउन यहाँ
त्यसैले भनेका होलान्, जागिरलाई “जा” “तल गिर”
तर पनि खानु हुन्न हरेस कहिले?
गर्नु पर्छ निरन्तर प्रयास
प्रयास गरे पाइन्न नै के?
भन्छन् प्रतीक्षाको फल हुन्छ मिठो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण