चौथो टेस्टमा सङ्कटमा भारत
राँची । भारत र इंग्ल्याण्डबिचको राँचीमा जारी चौथो टेस्ट म्याचको दोस्रो दिन भारतीय टोलीले आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जो रुटको शतकको मद्दतले ३५३ रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि पहिलो दिनको खेलमा जो रुटले शतक बनाएका थिए । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले सात विकेट गुमाएर ३०२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो १५ ओभरमा इंग्ल्याण्डले बाँकी तीन विकेट गुमाएको थियो । जो रुटले १२२ रन बनाएर अविजित रहे ।
त्यसपछि भारतको इनिङ्सको सुरुवात राम्रो भएन । तेस्रो ओभरमा कप्तान रोहित शर्मा मात्र दुई रन बनाएर आउट भए । यशस्वी जैस्वाल र शुभमन गिलले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे पनि गिल ३८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारतको विकेट नियमित रूपमा खस्न थाल्यो ।
यस क्रममा यशस्वी जैसवालले आफ्नो अर्धशतक पूरा गर्दै ७३ रन बनाएर आउट भए । ८६ रनमा मात्रै एक विकेट गुमाएको भारतीय टोलीले थप ९१ रन बनाउँदा टोलीका छ जना ब्याट्सम्यान प्याभिलियन फर्किएका थिए ।
यसपछि करियरको दोस्रो टेस्ट खेल्दै गरेका ध्रुव जुरेल र कुलदीप यादवले आठौँ विकेटका लागि ४२ रन जोडे । जुरेल ३० रन बनाएर क्रिजमा छन् भने कुलदीप १७ रन बनाएर क्रिजमा छन् ।
दोस्रो दिनको खेल सकिँदासम्म भारतीय टोली पहिलो इनिङ्सको आधारमा इंग्ल्याण्डभन्दा १३४ रनले पछाडि छ । अफब्रेक बलर शोएब बशीरले इंग्ल्याण्डका लागि आफ्नो दोस्रो टेस्ट खेल्दै चार विकेट लिएका छन् भने टम हार्टलीले दुई र जेम्स एन्डरसनले एक विकेट लिएका छन् । पाँच खेलको टेस्ट सिरिजमा भारत २–१ ले अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण