काठमाडौँको बौद्धमा भिगन खाना महोत्सव
काठमाडौँ । यो वर्ष पनि काठमाडौँमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्थापित स्नेहाज केयरले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
यस संस्थाले सन् २०१८ देखि वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ।शनिबार काठमाडौँको बौद्धअवस्थित उत्पला क्याफेको प्राङ्गणमा भिगन खाना महोत्सव आयोजना हुनेछ । यस कार्यक्रमको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार गर्ने साथ साथै वनस्पतिमा आधारित जीवन शैलीलाई प्रवर्द्धन गर्नु रहेको स्नेहाज केयरले जनाएको छ । यस महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, र सामाग्रीको प्रदर्शन, साथ साथै बिक्री वितरण हुने हुँदा भिगन रेस्टुरेन्ट, भिगन सामाग्रीहरूको विक्रेताहरुलाई स्टल राख्नेछ ।
यस महोत्सवलाई भव्य बनाउन लाइभ म्युजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रिनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेल लगायत पनि आयोजना हुनेछ । कार्यक्रमका निम्ति ग्रासरूट मुभमेन्ट इन र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गरिएको छ भने वृत्तचित्र स्क्रिनिङको प्रायोजकको भूमिका भिगन ट्राभल एसिया र भेज भोयजेज फाउन्डेसनले निर्वाह गरेको छ । अन्य कार्यक्रमका निम्ति थ्राइभ फिलान्थ्रोपीले आर्थिक सहयोग प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण