झलकको लोक गीत ‘मगरको छोरो’
बुधबार, ०५ वैशाख २०७५, १४ : १८
काठमाडौं – पछिल्लो समय नेपाली लोक गीत संगीत बजारमा कमै आउन थालेका छन् । आएपनि त्यसमा नेपाली मौलिकता भेट्न गाह्रो पर्ने गरेको छ । यस्तैमा गायक झलक पुन नेपाली मौलीक लोक गीत ‘मगरको छोरो’ सार्वजनिक गरेका छन् । नीता पुनमगर निरु शिरिश समेतको स्वर गीतमा रहेको छ । झलक पुनकै शब्द रहेको गीतमा कृष्ण पिडितको संगीत रहेको छ ।
गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । यम गुरुङ, मिरा रम्जाली, झलक पुन ,निरु शिरिस लगायतको अभिनय रहेको भिडियो यम गुरुङले निर्देशन गरेका हुन् । करण चैसिरले छायाँकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा नेपाली पहिरन र भेषभुषा देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरे सम्भावित अमेरिका–इरान सम्झौताका मुख्य बुँदा
-
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
-
शनिबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै
-
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
-
तीन दशकपछि घरेलु मैदानमा खेल्दै अमेरिका, पहिलो खेलमा पाराग्वेसँग भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण