२७ दिनमा सकियो फिल्म ईश्वरको छायाँकन
शनिबार, १९ फागुन २०८०, १५ : १५

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को सम्पूर्ण छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’