भोजपुरी अभिनेता पवन सिंहद्वारा लोक सभा चुनाव लड्न अस्वीकार
बिहार । भोजपुरी अभिनेता तथा गायक पवन सिंहले बंगालको आसनसोल लोकसभा सिटबाट चुनाव लड्न अस्वीकार गरेका छन् । भाजपाले शनिबार साँझ लोकसभा चुनावका लागि उम्मेदवारहरूको पहिलो सूची जारी गरेको थियो । यो सूचीमा १९५ उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । सूचीमा भाजपाले भोजपुरी स्टार पवन सिंहलाई बंगालको आसनसोल सिटबाट उम्मेदवार बनाएको थियो ।
तर अहिले पवन सिंहले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आसनसोलबाट चुनाव नलड्ने आफ्नो निर्णयको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘बीजेपीको शीर्ष नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । पार्टीले मलाई विश्वास गरेर आसनसोलबाट उम्मेदवार घोषणा गरेको थियो, तर केही कारणले गर्दा म आसनसोलबाट चुनाव लड्न सक्दिनँ ।’
बीजेपीको पहिलो सूचीमा चार भोजपुरी अभिनेतालाई टिकट दिएको छ । जसमा आसनसोलबाट पवन सिंह, उत्तर पूर्वी दिल्लीबाट मनोज तिवारी, यूपीको गोरखपुरबाट रवि किशन, यूपीको आजमगढबाट दिनेश लाल यादव निरहुआ छन् । तर आसनसोलबाट चुनाव नलड्न पवन सिंहको घोषणाले सबै अचम्मित छन् ।
पवन सिंह बिहारको आरांका बासिन्दा हुन् । उनलाई आरांबाटै पार्टीले टिकट दिन सक्ने चर्चा धेरै दिनदेखि चलिरहेको थियो । तर, पार्टीले उनलाई आसनसोल सिटबाट चुनावी मैदानमा उतार्ने निर्णय गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण