सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी अभिनेता पवन सिंहद्वारा लोक सभा चुनाव लड्न अस्वीकार

आइतबार, २० फागुन २०८०, १४ : २५
आइतबार, २० फागुन २०८०

बिहार । भोजपुरी अभिनेता तथा गायक पवन सिंहले बंगालको आसनसोल लोकसभा सिटबाट चुनाव लड्न अस्वीकार गरेका छन् । भाजपाले शनिबार साँझ लोकसभा चुनावका लागि उम्मेदवारहरूको पहिलो सूची जारी गरेको थियो । यो सूचीमा १९५ उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । सूचीमा भाजपाले भोजपुरी स्टार पवन सिंहलाई बंगालको आसनसोल सिटबाट उम्मेदवार बनाएको थियो ।

तर अहिले पवन सिंहले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आसनसोलबाट चुनाव नलड्ने आफ्नो निर्णयको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘बीजेपीको शीर्ष नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । पार्टीले मलाई विश्वास गरेर आसनसोलबाट उम्मेदवार घोषणा गरेको थियो, तर केही कारणले गर्दा म आसनसोलबाट चुनाव लड्न सक्दिनँ ।’

बीजेपीको पहिलो सूचीमा चार भोजपुरी अभिनेतालाई टिकट दिएको छ । जसमा आसनसोलबाट पवन सिंह, उत्तर पूर्वी दिल्लीबाट मनोज तिवारी, यूपीको गोरखपुरबाट रवि किशन, यूपीको आजमगढबाट दिनेश लाल यादव निरहुआ छन् । तर आसनसोलबाट चुनाव नलड्न पवन सिंहको घोषणाले सबै अचम्मित छन् । 

पवन सिंह बिहारको आरांका बासिन्दा हुन् । उनलाई आरांबाटै पार्टीले टिकट दिन सक्ने चर्चा धेरै दिनदेखि चलिरहेको थियो । तर, पार्टीले उनलाई आसनसोल सिटबाट चुनावी मैदानमा उतार्ने निर्णय गर्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप