आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्निसियनसँग विवाद : एलिनाले भनिन्–ममाथि गलत भयो

सोमबार, २१ फागुन २०८०, १९ : ३०
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । गायिका एलिना चौहानले पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा साउन्ड टेक्निसियिनले आफूमाथि गलत गरेको बताएकी छन् । उनले रातोपाटीसँग कुरा गर्दै टेक्निसिनयनले आफ्नो गल्ती ढाक्न आफूमाथि खनिएको आरोप लगाइन् ।

‘पानी पर्‍यो भनेर भिज्छ भन्दै सुरु देखिनै मनिटर राखेको पनि थिएन । मनिटर नराखेपछि हामीले स्टेजमा केही सुन्दैनौ । त्यो अवस्थामा पनि मैले कम्परमाइज गरेर गाइरहेको थिए’, उनले भनिन् ‘मैले गीत गाएपनि अडियन्सबाट साउन्ड भएन भनेर धेरै आवाज आयो । मैले आज मलाई साउन्डले कट्टा हानेको छ के गर्नु । बिना साउन्ड पनि म गाउँछु भने ।’ म धोके बाज गायिका भएको भएर होला आज साउन्डले पनि धोका दियो भनेर आफूले भनेर मिलाउन खोजेको समेत उनले सुनाइन् ।

‘त्यतिकैमा बैनी तिम्रो त्यो घाटी क्लीयर गरेर आउँ भन्नु भयो’, उनले थपिन् ‘त्यसपछि मैले केही भनेको हो ।’ आफूले पहिला पहिले पनि कतै पनि मिलाउनुस् भनेको रहेछु र रिस पोखेको होकी भन्ने लागेको छ उनले अनुमान लगाइन् ।

‘मेरो अरु गायक गायिका जस्तो स्वर छैन । त्यसैले म कम्परमाइज गरेर गाउन सक्दिन । अन्य आयोजक रिसाउँछन् कि भन्ने डरले केही बोल्दैनन्’, उनले अगाडि भनिन् ‘,मेरो पश्चिमी भेगको अधिकांश ठाउँमा साउन्ड सिष्टममा कम्प्लेन भएको छ ।’ मलाई स्टेज पनि चाहिँदैन, साउन्डमा त कम्परमाइज नगर्नुस् भनेर समेत आफूले भन्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘राम्रो हुँदा म कसैलाई नराम्रो भन्दिन । स्याङ्जाको दुई तीन कार्यक्रममा पनि यही टेक्निसियनलाई यस्तै भनेको थिए । त्यही रिस पोखेको हो ।’

गीत गाउँदा गाउँदै अडियन्स तिरको बत्ती निभाउने, आफ्नो माइकको साउन्ड काट्ने लगायत क्रियाकलाप समेत गरेको एलिनाको आरोप छ । 

एलिनाको साउन्ड टेक्निसियनसँग विवाद पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा भएको हो ।  जसको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप